रुपन्देहीमा अशोक लेलैण्डका छ थान गाडी गुड्ने, मंसिरसम्म ३० वटा बस सञ्चालनमा

  २०७५ असोज १ गते १८:५२     विकासन्युज

काठमाडौं । रुपन्देहीमा पहिलो पटक छ थान सुविधा सम्पन्न अशोक लेलैण्डका बसहरु लुम्विनी मेट्रो सिटिद्धारा संचालनमा आएका छन् । उक्त बसहरुमा एसी, सिसि टिभी, डिजिटल डिस्प्ले तथा यात्रुहरुलाई चढ्न र ओर्लन सजिलो होस भन्ने हेतुले दुई ढोका दिईएका छन् ।

कम्पनीका अध्यक्ष धनबहादुर अधिकारीका अनुसार नेपालमा सबैभन्दा बढी सिट क्षमता भएको सिटी बस हामीले संचालनमा ल्याएर सरकारको मास ट्रान्सर्पोटेसनको नितिलाई अगाडी बढाएको बताए । विद्यार्थीलाई ४५ प्रतिशत छुट, “क”वर्गका अपाङ्लाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिईने प्रा.लि. का सञ्चालक कर्णबहादुर केसीले जानकारी दिए ।

भाडाको हकमा नेपाल सरकारले तोके वमोजिम एसी डिलक्सको भाडा विनियोजन गरिने छ । बसको साँचो हस्तान्तरण कार्यक्रममा आई.एम.ई. मोटर्सका प्रमुख अधिकृत सुरज भट्टराईले नेपालमा अशोक लेलैण्डको माग बढिरहेको र यसको पछाडी न्युनतम मर्मत खर्च र किफायती ईन्धन खपत तथा मजबुतीको नाम अशोक लेलैण्ड रहेको बताए ।

हाललाई एक करोड चुक्ता पुँजीबाट शुरु भएको प्रा.लि.ले पहिलो चरणमा वुटवलबाट वेलहिया, लुम्विनी, वर्दघाट, तौलिहवा र कृष्णनगरकालागि बसहरु संचालनमा आउनेछन् । असोजभित्र १० वटा र मंसिरसम्म ३० वटा बस पुर्याई प्रदेश ५ का १२ वटै जिल्ला तथा काठमाडौं, पोखरा, विराटनगर र काकरभिट्टासम्म सेवा विस्तार गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.