गण्डकी विकास बैंकले १५ लाखसम्मको विना धितो कर्जा दिने, बचत खातामा दैनिक ७ प्रतिशत व्याज

  २०७५ असोज १ गते १८:२०     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले विना धितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा बजारमा ल्याएको छ । उक्त कर्जा डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, चाटर्ड एकाउन्टेन्ट लगायत ख्याती प्राप्त संघ संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिनेछ ।

बैैंकले बचत खातातर्फ दैनिक ७ प्रतिशत व्याज तथा अन्य आर्कषक सेवा सुविधा सहितको साधारण बचत खाता बजारमा ल्याएको छ । उक्त खातामा एटीएम, एबीबीएस, मोबाइल बैंकिङ, आश्वा सेवा लगायत ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।

त्यसैगरी, बैंकले कर्मचारीहरुलाई लक्षित गरी दैनिक मौज्दातमा ७ प्रतिशत व्याज प्रदान गर्ने गरी कर्मचारी तलब खाता पनि बजारमा ल्याएको छ । जसमा निशुल्क एटीएम, एबीबीएस, मोबाइल बैंकिङ, आश्वा लगायतका थुप्रै सेवा प्रदान गर्नुको साथै ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि समावेश गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।

यी सेवाहरु बैंकका ७६ वटै शाखाहरुबाट प्रदान गरिनेछ । ग्राहकहरुले जुनसुकै शाखा कार्यालयबाट पनि यी सेवा लिन सक्नेछन् । कर्मचारी बचत खाता शैक्षिक तथा विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरुको लागी उपयुक्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.