प्रोस्टाइल म्यान हन्ट इन्टरनेसनल को घोषणा

  २०७५ असोज १ गते १८:०३     विकासन्युज

काठमाडौँ। डाबर नेपालको प्रोस्टाइल र ग्रुप अफ इभेन्ट एन्टरटेनरर्स (जिइइ) बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ आयोजना गर्ने समझदारी भएको छ ।
प्रोस्टाइल र जिइइले आगामी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ को घोषणाका साथै यो प्रतियोगिताका लागि आवेदन खुला गरेका छन् । इन्टरनेसनल क्लबले सोमबार सानेपामा आयोजित एक कार्यक्रममा प्रतियोगिताको आवेदन खुला गरिएको घोषणा गरिएको छ ।
कार्यक्रममा भाग लिन ईच्छुक पुरुषहरूले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्ने छन् । फेसबुकमा नै उपलब्ध गराइएको आवेदन फारम का्ित्तक २४ सम्म सानेपा स्थित जिइइको कार्यलयमा वाजिइइको इमेलमा बुझाइसक्नु पर्नेछ ।
यो प्रतियोगितमा आवेदन दिन १८ देखि ३४ वर्षका नेपाली युवाहरू हुनुपर्ने छ जसको उचाइ ५ फिट ८ इन्चभन्दा बढी र कम्तीमा एसएलसी पास गरेको हुनुपर्छ । यो प्रतियोगिताको ग्रान्डफिनाले मङ्सीर २१ गते होटेल अन्नपूर्णमा हुने आयोजकले जनाएको छ ।

विजेताले भियतनाममा आयोजित हुने म्यानहन्ट इन्टरनेसनल २०१९मा नेपालको प्रतिनिधित्व गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूले क्रमशःमिस्टर ग्लोबल २०१९ तथा मिस्टर युनिभर्सल एम्बेसेडर २०१९ मा भाग लिनेछन् ।
प्रोस्टाइल डाबर नेपालको एक उत्कृष्ट उत्पादन हो जुन नेपाली पुरुषहरूकै लागि भनी उत्पादन गरिएको हो । कपालको  नरमपन तथा चमकलाई कायम राखी चायाँ हटाउनमा प्रोस्टाइल प्रभावकारी छ । यसको सुगन्धले ताजापनको अनुभव गराउँछ र प्रयोगकर्ताको आत्मविश्वास बढाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.