निगममा खरेल आएपछि कंसाकारले भने- ‘काम गर्न नदिए हाजिर गर्छु, जगत गुरुको प्रवचन सुनेर बस्छु’

  २०७५ असोज १ गते ११:१४     विकासन्युज

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकाे कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त गरेपछि धेरैकाे मनमा प्रश्न उठेकाे छ कि अब महाप्रबन्धक सुगतरत्न कंसाकारले के गर्लान् ? धेरैकाे अनुमान छ उनले राजीनामा दिन सक्छन् ।

तर महाप्रबन्धक कंसाकारले राजीनामा नगर्ने बताए । ‘अप्ठ्याराे पर्याे भनेर राजीनामा दिएर भाग्ने मान्छे म हाेइन । अप्ठ्याराे अवस्थामा राजीनामा गर्ने शैलीकाे म त घाेर  विराेधी हुँ ।’

यसअघि स्वर्गिय शिवशरण न्यौपानेलाई सरकारले निगमको अध्यक्ष नियुक्त गरेपछि महाप्रबन्धक मदन खरेलले राजीनामा दिएका थिए ।
खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरिएपछि विकासन्युजसँग कुरा गर्दै महाप्रबन्धक कंसाकारले भने,‘म राजीनामा दिएर भाग्ने मान्छे होइन, कार्यकाल रहुञ्जेल जिम्मेवारी अनुसार काम गर्छु ।’

तपाई कार्यकारी अधिकारसहितको महाप्रबन्धक भएको ठाउँमा कार्यकारी अध्यक्ष पनि आउँदा कार्यक्षेत्रको विवाद हुन्न र ? भन्ने प्रश्नको जवाफमा उनले भने,‘सरकारले कार्यकारी अध्यक्ष नियुक्त गरेपछि उहाँलार्इ मैले मान्नै पर्छ । म मेराे अधिकार क्षेत्रमा रहेर काम गर्छु । काम गर्न नदिए हाजिर गर्छु, जगतगुरुको प्रवचन सुन्छु, बस्छु ।’

सरकारले  ताेकेकाे अवधिभर निगममा रहेर काम गर्ने उनले बताए । उनकाे कार्यकाल करिब ८ महिना बाँकी छ । २८ वर्षदेखि जहाज विहीन भएकाे नेपाल वायु सेवा निगममा ठूला जहाज भित्र्याएर चर्चामा अाएका कंसाकारलार्इ पर्यटन क्षेत्रमा निकै सम्मान पूर्वक हेरिन्छ । तर जहाज खरिद प्रकिया विवादास्पद भएकाे भन्दै कतिपयले उनकाे अालाेचना गर्दै अाएका छन् ।

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त, कार्यकारी प्रमुखको भूमिकामा खरेल र कंसाकारबीच भिडन्त हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.