संसदमा नवराज सिलवालको प्रश्नः पाँच सय र एक हजारका भारु साट्न भारतले किन टेरेन

  २०७५ भदौ ३१ गते १२:४६     विकासन्युज

काठमाडौं । संसदमा एक हजार र पाँच सय दरका भारतीय रुपैंयाँ सटहीको सवालले प्रवेश पाएको छ । नेकपाका सांसद नवराज सिलवालले नेपाली बैंकमा रहेका ५ सय र एक हजार दरका नोट किन नसाटिएको भनेर प्रश्न गरेका हुन् ।

‘भारतीय रिजर्भ बैंकले ९९.३ प्रतिशत सो दरका नोट साटिएको भनेको छ, भुटानले पनि त्यस्तो रकम साटिसकेको छ, हाम्रा बैंकमा भएका ८ करोड भारु किन साट्न सकिएन ? ‘ सिलवालले भने ।

सांसद सिलवालले अर्थमन्त्रालयले भारत सरकारसँग राम्रोसँग कुरा गर्न नसकेको वा भारत सरकारले नटेरेको भन्दै प्रश्न पनि गरेका छन् ।
सांसद सिलवालले ५ सय र एक हजार दरका नोट नसाटिँदा दुई देशबिचको सम्बन्धमै असर पर्नेमा सचेत रहन अर्थमन्त्रालय मार्फत सरकारलाई आग्रह पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.