‘अप्रिलिया रोड ट्रिप’ पहिलो पटक, स्कुटीको ३५ सय किमीको टुर हुँदै

  २०७५ भदौ २९ गते १९:०९     विकासन्युज

काठमाडौं । स्कुटर विक्रेता कम्पनी अप्रिलियाले नेपालको इतिहासमै पहिलो पटक अल नेपाल टुर गर्ने भएको छ । असोज १ देखि १९ गते सम्म कम्पनीले ुअप्रिलिया रोड ट्रिप’ गर्न लागेको हो ।

१९ जना सम्म राइडरले सहभागी जनाउने टुरमा कम्पनीको तर्फबाट १० जनाले भाग लिनेछन् भने अप्रिलिया कम्पनीको स्कुटर किन्ने व्यक्तिले व्यक्तिले समेत सहभागिता जनाउन सक्नेछन् । कार्यक्रममा अल्का अस्पताल प्राली समेत सहभागी हुनेछ ।

कम्पनीले प्रति व्यक्ति खर्च १ लाख लाग्ने अनुमान गरेको छ । कम्पनीले प्रतिदिन २५० देखि ३ सय किलोमिटरको यात्रा गर्ने लक्ष्य लिएको छ । भ्रमण टोलीमा मेडिकल टोली मेकानिकल टोली समेत सहभागी हुनेछन् । भ्रमणको कुल दुरी ३५ सय किलोमिटर रहेको छ । कम्पनीले अप्रिलिया स्कुटर अफ रोडका लागि समेत रहेको योग्य रहको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.