प्राइम कमर्सियल बैंकको शाखा जनकपुरधाममा, संख्या ६४ पुग्यो

  २०७५ भदौ २९ गते १८:१८     विकासन्युज

जनकपुर । प्राइम कमर्सियल बैंक लिमिटेडले जनकपुरको जनकपुरधाम उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय शुरु गरेको छ । यस शाखाको संचालनपछि बैंकको शाखा कार्यालय संख्या ६४ पुगेको छ ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले गरेका हुन् । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लगी आफ्नो सेवा दिने प्रतिवद्धता प्रकट गर्दछ ।

साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप ग्राहकमुखी बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.