६३६ अर्ब लागतका मेगा प्रोजेक्ट अघि बढे, संसारकै लामो केबलकारदेखि मेट्रो र मोनो रेलसम्म

  २०७५ भदौ २९ गते १८:१६     नारायण पौडेल

काठमाडौं । एकै पटक ६३६ अर्ब रुपैंयाँ लागतका तीन वटा मेगा प्रोजेक्टहरुको काम अघि बढेको छ । बुधबार संसारकै सबैभन्दा लामो ८३.६५ किलोमिटर लामो केबलकारको डीपीआर निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ३५ करोड अमेरिकी डलर अर्थात करिब ४० अर्ब लागत पुर्वानुमान गरिएको केबलकारको डीपीआरका लागि लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबीच सम्झौता भएको हो । आगामी १८ महिनाभित्र डीपीआर निर्माण हुनेछ ।

बिहिबार २८ किलोमिटर लामो चक्रपथमा मोनोरेल निर्माणको प्रारम्भिक अध्ययन रिपोर्ट सार्वजनिक भयो र ६ महिनाभित्रै डीपीआर बनाउने भनिएको छ । मोनोरेलको लागत ११६ अर्ब पूर्वानुमान गरिएको छ । चीनियाँ कम्पनी सिसिआरसीले मोनोरेलको डीपीआर निर्माण गर्नेछ । कामाठडौं महानगरपालिका र ललितपुर महानगरपालिकाबीच ३ बर्षभित्र मोनोरेल बनाउने सहमति भैसकेको छ । बिहिबार नै नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लम्बाईको मेट्रोरेलको डीपीआर तयार पर्न आवेदन दिएका ६ वटा कम्पनीहरु प्रारम्भिक छनौटमा पर्न सफल भए ।

लगानी बोर्डले प्रारम्भिक सम्भाव्यता अध्ययन सकेर मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ । यसको कुल लागत १ खर्ब ८० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । जमिनमाथी पुल निर्माण गरेर मेट्रोरेल सञ्चालन गरिनेछ । एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो ।

आशयपत्र पेश गरेर संक्षिप्त सुचिमा चाइना मेशिनरी इन्जिनियरिङ कर्पोरेशन, चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोइ कम्पनी लिमिटेड, जापान, राइट्स इण्डिया लिमिटेड, युसिन इन्जिनियरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युकसलवारी टर्की छन् । एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो । मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.