हुण्डाईले लन्च गर्यो नयाँ ईलेक्ट्रीक कार, मूल्य ५२ लाख ५६ हजार रुपैयाँ

  २०७५ भदौ २९ गते १७:३९     विकासन्युज

काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा नयाँ ईलेक्ट्रीक कारको लन्च गरेको छ । कम्पनीले नेपाल अटोमोबाइल डिलर्स एशोसियशन (नाडा) अटो शोको अवसरमा ‘हुण्डाई आईओनिक’ नामक नयाँ ईलेक्ट्रीक कार बजारमा भित्र्याएको हो ।

इलेक्ट्रीक गाडीको सेग्मेन्टकै पहिलो गाडी आईओनिकको बजार मूल्य ५२ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । एक पटक फुल चार्ज गरेपछि यो गाडी २५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

विद्युतीय गाडीको विस्तारका लागि हुन्डाईले विभिन्न स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने लक्ष्य लिएको छ । यो कार १ रुपैयाँ ५० पैंसा बराबरबको विद्युतको चार्जले १ किलोमिटर गुड्ने कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार यो कार ३ प्रकारको चार्जरबाट चार्ज हुन्छ । स्टेप १ को चार्जरले चार्ज गर्दा १०–१२ घन्टा, स्टेप २ को चार्जरले चार्ज गर्दा ४ घन्टामा फुल चार्ज हुन्छ र स्टेप ३ को चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.