काठमाडौं स्टिलको एफई ५०० ब्राण्डका फलामे छड पुनः बजारमा

  २०७५ भदौ २९ गते १६:३७     विकासन्युज

 

काठमाडौं । काठमाडौं स्टिल प्राइभेट लिमिटेडको नेपाल गुणस्तर चिन्ह अंकित एफई ५०० ब्राण्डका गुणस्तरीय फलामे छड पुनः बजारमा आएको छ । ब्राण्डमा प्राविधिक त्रुटी आएपछि कम्पनीले स्टिलकाे बजारमा बिक्री वितरण गरेको थिएन ।

कम्पनीले हाल दुई उत्पादकहरु एफई ५०० र एफई ५००डी ब्राण्डका फलामे डण्डीहरु उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादनहरुमा मानविय वा प्राविधिक त्रुटीका कारण कुनै कमी कमजोरी पाईएमा बिक्री प्रवन्धक मार्फत जानकारी गराउन आग्रह गरेको छ । कम्पनीले उपभोक्ताको हितलाई उच्च प्राथमिकता दिई गुणस्तरीय उत्पादनलाई पुनः बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.