वर्कसप दर्ता नगरे करोडौंको लगानी डुब्ने, दक्ष कामदार र न्यूनतम प्राविधिक पूर्वाधार हुनैपर्ने

  २०७५ भदौ २९ गते १६:०७     विकासन्युज

काठमाडौं । नेपाल अटो वर्कसप व्यवसायी संघले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएकाे छ । हिट्को प्रालिका प्रबन्ध निर्देशक प्रदीपमान प्रधानले ग्यारेजका लागि आवश्यक इक्विपमेन्ट उपलब्ध गराउनुका साथै सञ्चालन र मर्मतका लागि आवश्यक तालिम समेत प्रदान गरिने बताए ।

नाडा अटो शोकै सन्दर्भमा कम्पनीले पोर्टेबल अन्डर च्यासिस वासर, मोटरसाइकल लिफ्ट र पार्किङ लिफ्ट समेत पहिलो पटक नेपालमा भित्र्याएको उनले बताए । सो अवसरमा विभिन्न क्षेत्रमा चार पांग्रे सवारी साधनको वर्कसप सञ्चालन गरिरहेका वर्कसप व्यवसायी, नेपालमा एटीएस-एल्गीका वर्कसप इक्विपमेन्ट उपलब्ध गराउदै आएको हिट्को प्रालि र एटीएस-एल्गीका प्रतिनिधिलगायत अन्य सरोकारवालाहरुको समेत सहभागिता थियो ।

हिट्को अटोमोबाइलले नेपाली बजारमा ८० प्रतिशत हिस्सा ओगटेको छ । विगत ३४ बर्षयता हिट्कोले एटीएस-एल्गीका ग्यारेज इक्विपमेन्ट उपलब्ध गराउँदै आएको छ ।

पहिले सामान्य अवस्थामा कुनै सरकारी निकायमा दर्ता गरेको वा नगरेकै भरमा पनि वर्कसप सञ्चालन भइरहेकोमा अब आधुनिक उपकरण र दक्ष जनशक्तिका साथ वर्कसप सञ्चालन गर्नुपर्ने अवस्था रहेको गुरुङले बताए । यद्पी यस क्षेत्रमा कार्यरत हजारौँ व्यवसायीहरुको करोडौं लगानी डुब्ने सम्भावना भएकोले बेलैमा सचेत भएर कार्य गर्न उनले आग्रह गरे । पहिले नै सञ्चालनमा रहेका वर्कसप पनि यातायात व्यवस्था विभागमा समयमै पञ्जिकरण नभएमा स्वतः खारेज हुने भएकाले सबैलाई आवश्यक प्रक्रिया पुरा गरी दर्ता गर्न समेत उनले अनुरोध गरे ।

सरकारले गत चैत १६ गते जारी गरेका १० वटा निर्देशिका मध्ये चर्चामा रहेको यातायात क्षेत्रमा सिन्डिकेट खारेजीका साथै वर्कसप सञ्चालन सम्बन्धी निर्देशिका समेत थियो । यस अनुसार अब वर्कसपमा न्यूनतम प्राविधिक पूर्वाधार हुनुका साथै दक्ष कामदार र इक्विपमेन्ट समेत हुनु पर्नेछ । त्यसैगरी, वर्कसप दर्ता गरेर मात्र सञ्चालन गर्न सकिने छ ।

नेपाल वर्कसप व्यवसायी संघका अध्यक्ष शरणकुमार गुरुङले गत २०७४ चैत १६ मा जारी भएको वर्कसप सञ्चालन निर्देशिका र यसमा भएका विभिन्न प्रावधानहरुको बारेमा जानकारी गराएका थिए । त्यतिबेला ६ महिनाको समय दिएर सो निर्देशिका जारी भएको र निर्देशिका अनुसार वर्कसपहरुलाई व्यवस्थित गर्ने समय आएको जानकारी दिँदै उनले यसका लागि गर्नुपर्ने आवश्यक कार्यका वारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.