विश्व युद्ध लडेको जीप नेपालमा भित्र्याएकाछौं: ज्योति गैरे

  २०७५ भदौ २९ गते १५:२०     विकासन्युज

एमएडब्लू इन्टरप्राइजेजले पहिलो पटक जीप ब्राण्डको गाडी नेपाल भित्राएको छ । अमेरिकाको दोस्रो ठुलो अटोमोबाइल कम्पनीको जिप ब्रान्डको गाडी नाडा अटो शोमा आर्कषणको केन्द्र बनेको छ । जीप ब्राण्डको गाडीलाई अमेरिकी सरकारले ‘आर्टिकुलेशन’ अवार्ड समेत दिएको छ । अन्य कारको तुलनामा यो जिप ब्राण्डको कार सस्तो र सुविधायुक्त छ । नेपालमा भरखरै भित्रिएको जीप ब्राण्डको गाडीका विषयमा केन्द्रत रहेर एमएएडब्ल्यू इन्टरप्राइजेजकी मार्केटिङ विभागकी ज्योति गैरेसँग विकासन्युजले गरेको कुराकानी ।

 

विश्वयद्धमा प्रयाेग भएकाे जीप गाडी कहिलेदेखि उत्पादन सुरू भएकाे हाे ?

जीप विश्वयद्ध लडेको कार हो । दोस्रो विश्वयुद्ध लड्दा  यो कारले भरपूर सहयोग गरेको थियो । जसको कारण अमेरिकी सरकारले ‘आर्टिकुलेशन’ अवार्ड समेत दिएको थियो । अहिले यो कारलाई परिमार्जित गर्दै आधुनिक सुविधा सम्पन्न बनाइएको छ ।  सन् १९४५ देखि सवारीसाधन उत्पादन सुरु गरेको जिप ब्रान्डको सुविधायुक्त कार नेपालमा भित्र्याइएको हो । स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) सेग्मेन्टका कारलाई सबैले जिप भन्ने गरेका छन् । जिपले पहिलो उत्पादन नै एसयुभी कारबाट सुरु गरेको हो ।विभिन्न कम्पनीको जिप ब्राण्डको कार भित्र्याउने प्रयास गरेको भएपनि सो ब्राण्डले एमएडब्लू इन्टरप्राइजेजलाई विश्वास गरेर आधिकारिक विक्रेताको रुपमा दिएको छ ।

अन्यमा भन्दा जीप कारमा के फरक छ ?

अन्य कार अफरोड वा राजमार्गमा चलाउँदा घच्याकघुचुक र थर्किने बढी हुन्छ । तर यो जिप ब्राण्डको कार भने यस्तो हुदैन । अप्ठ्यारो बाटोमा जिप दौडिँदा पनि चिल्लो सडकमा दौडिएजस्तो लक्जरी अनुभव हुन्छ । 

कारकाे मूल्य  कति छ  ?

जिप कम्पासको मूल्य ६८ लाख ५० हजार देखी ९६ लाख ५० हजार रूपैयाँसम्म छ । सो मूल्य बजारले अपेक्षा गरेभन्दा कम नै निर्धारण गरेको छ ।

नेपालमा अाउने जीप ब्राण्डको कार कुन देशमा उत्पादन हुने गरेकाे छ ? 

नेपाल भित्रने जीप कार भारतमा उत्पादन हुने गरेको छ । भारतबाटै नेपालसहित २६ वटा देशमा  कार निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारलाई तुलना गर्ने हो भने नेपाली मूल्य डेढ करोड रुपैयाँजति हुनुपर्ने भएपनि नेपालका लागि सस्तोमा उपलब्ध गराएको छ ।

नाडा अटो शोमा ग्राहकलाई के अफर दिएको छ?

हामीले हाम्रा ग्राहकहरुलाई ५० हजार भन्दा माथिको एक्सेरीइज, एक वर्षको सडक कर र एक वर्षको इन्स्योरेन्स अफरको रुपमा दिएका छौँ । हालसम्म करीब २ ५० जनाले गाडी खरिदका लागि जानकारी लिएका छन् । अहिले बुक गराएकाहरुलाई दशैं अघि नै कार उपलब्ध हुने छ ।

नाडा अटो शोमा कति कार बिक्री  गर्ने लक्ष्य लिएको छ ? 

नाडा अटो शोमा एक सयवटा कार बुक गराउने लक्ष्य कम्पनीले लिएको छ । नाडामा अटो शोमा ६० जनाले गाडी खरिदका लागि बुक गरिसकेका छन् । र जीप ब्राण्डको कारको पार्टसपुर्जा सजिलै नेपालमा उपलब्ध हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.