काठमाडौंको चोभारमा सिटिजन्स बैंकको एटीएम

  २०७५ भदौ २९ गते १४:५८     विकासन्युज

काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उप-कप्तान ज्ञानेन्द्र मल्लले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् ।

उक्त नयाँ सञ्चालित एटीएमले चोभार क्षेत्र वरपरका जनता लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले ७९ वटा शाखा, ७३ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.