रुख जोगाउने नाममा निजगढ एयरपोर्टलाई रोक्नु हुन्नः उपाध्याय

  २०७५ भदौ २९ गते १३:२७     विकासन्युज

भीम प्रसाद उपाध्याय, पूर्व सचिव

काठमाडौं । वातावरण र बिकासबीच संतुलन ल्याउनु नै विवेकी निर्णय हुन्छ । रूख काटिने रोपिने खासै मुख्य हैन, नेपाललाई एयरपोर्ट चाहिन्छ कि चाहिन्न ? यदि चाहिन्छ भने कत्रो, कति सय वर्षसम्मका लागि उपयुक्त हुने चाहिन्छ ? भन्ने कुरा दूरगामी भिजन र मार्केट अनुसार निर्धारण गर्नुपर्छ ।

तर आजसम्मका क्रियाकलाप र क्रेडिबिलिटीका कारण जनतामा सरकारप्रति रत्ति विश्वास छैन र सरकारमा पनि जनतालाई विश्वास दिलाउन सक्छु भन्ने आत्मविश्वास देखिन्न । मुल समस्या यहीँ छ । एयरपोर्ट यस्तो बनोस् ताकि त्यसले सैयौं वर्ष सेवा दिन सकोस्। त्रिभुवन एयरपोर्ट जस्तो वा काठमॉडौंका पैदलयात्रु र सवारीसाधनका लागि कालको पासो जस्तो साघुँरा सडक हैन। ८ लेनको रिंगरोड आज सॉघुरो भैसक्यो , यसको २५ वर्ष अघि यति चौडा किन वनाएका होलान भनेर सत्तोसराप हुनेगर्थ्यो । अबका एयरपोर्ट वा पूर्वाधार यस्तो नबनोस् ।

निजगढ एयरपोर्ट दक्षिण एशिया क्षेत्रको एयर केन्द्र (हब) बनोस्, भारतीय बंगालीहरू पनि यहीबाट यात्रा गर्न अनुकूल पर्ने बनोस् । चीन, पाकिस्तानका प्लेनहरूको सहज ट्रान्जिट बनोस् । विकासको दूरगामी भिजन चाहियो, रूख त रोप्न सकिहालिन्छ एकै वर्षमा करोडौं ।

नेपालको हरियाली क्षेत्र विश्वमैं राम्रोमा पर्छ । युरोप अमेरिकाको भन्दा पनि राम्रो बनोस् न झन राम्रो, तर ईमान्दारी हुनुपर्छ । पर्यटन नेपालको धन हो, यही धनको धनवर्धन नै गर्ने हो विकास भनेको । लाखौं रोजगारी र ब्यापार बढोस् र करोडौं पर्यटक नेपाल छिरून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.