कियाको इलेक्ट्रिक कार ३६० रुपैंयाको चार्जले २१२ किलोमिटर यात्रा, चार्जिङ स्टेशन विस्तार गर्दै

  २०७५ भदौ २९ गते १५:०४     विकासन्युज

काठमाडौं । नाडा अटो शोमा किया कम्पनीले दुई मोडेलको इेक्ट्रिक कार प्रर्दशन गरेको छ । ३ घण्टामै फुल चार्ज गर्न सकिने किभ ‘सोउलइभ’ नामक कार मेलाको आकर्षणको केन्द्रमा रहेको छ ।

दुई मोडेलमा उपलब्ध रहेको कारको मूल्य कम्पनीले ५८ लाख र ५६ लाख रुपैंया तोकेको छ । कम्पनीका अनुसार सन्डुप भएको कारको मूल्य ५६ लाख पर्नेछ भने सन्डुप नभएको कारको मूल्य ५६ लाख रुपैंया तोकेको छ ।

१ लाख मिलोमिटर सम्मको ग्यान्टी रहेको कारको ब्याट्री डीसी फास्ट चार्जरले ३० मिनेटमै फुल चार्ज गर्न सक्छ । ब्याट्री फुल चार्ज गर्नको लागि न्युनतम २७ युनिट विद्युत लाग्नेछ । कम्पनीका अनुसार हाल १ युनिट विद्युतको मूल्य १३.५ रुपैयाँ लाग्नेछ ।

गाडीको ब्याट्री चार्ज गर्नको लागि सामान्यतय ३ फेजको विद्युत आवश्यक पर्नेछ । ग्राहकले आफ्नो घरमा पनि ब्याट्री चार्ज गर्न सक्नेछन् । कम्पनीका प्रोडक्ट स्पेशललिष्ट प्रदिप बत्र्यौलाका अनुसार ३ फेजको विद्युतमा १० एम्पियरको मिटरबाट ब्याट्री सजिलै चार्ज गर्न सकिनेछ ।

कम्पनीले ब्यट्रीमा ५ देखि ७ वर्षसम्मको ग्यारेन्टी समेत गर्नेछ । अटो लोनमा सवारी खरिद गर्न चाहाने ब्यक्तिले ९.९५ प्रतिशतमा ब्याजदरमा कर्जा सुविधा लिन सक्नेछन् । कम्पनीले लामो यात्राका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने समेत तयारी गरेको छ । जस अनुसार पृथ्वी राजमार्गको कुरिनटार रिभरसाइड रिसोर्टमा चार्जिङ स्टेशनको व्यवस्था समेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.