धावनमार्गमा खाल्टाखुल्टी देखिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रियलगायत ५ विमानस्थल कालाेपत्रे हुँदै

  २०७५ भदौ २९ गते ११:४८     विकासन्युज

काठमाडौं । नागरिक उड्ययान प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रियलगायत ४ विमानस्थलकाे धावनमार्गमा कालाेपत्रे (पीच) गर्ने भएको छ । धावनमार्गमा पिच उप्किएर खाल्टाखुल्टी देखिन थालेपछि  पिच गर्न लागिएको हो ।

प्राधिकरणले देशभरका ५ विमानस्थलमा पिच गर्न लागेको हो । प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रियसहित धनगढी, चन्द्रगिरी, सिमिकोट, विराटनगर, जनकपुर लगायत ५ विमानस्थलमा पिच गर्न लागेको हो ।

विमानस्थल पिच गर्न आवश्यक बजेट बिनियोजन भैसकेको काम अघि बढ्ने प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले बताए । यो वर्ष हामीले नयाँ विमानस्थल भन्दा पनि पुरानैमा मर्मत सम्भारलाई प्राथमिकता दिएका छौं, विशेषगरी धावनमार्गमा गिर्खा देखिन थालेपछि विमानस्थल पिच गर्न लागेका हौं, प्रवक्ता श्रेष्ठले भने विभिन्न स्थानमा टर्मिनल भवन बनाउने तयारी समेत गरिरहेका छौं ।

धनगढी विमानस्थल ओभरले गर्ने काम भैरहेको छ । भरतपुर, चन्द्रगढी र सिमिकोट विमानस्थलको पिच गर्नका लागि ५ ५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्राधिकरणले त्रिभुवन विमानस्थल सुधार गर्नका लागि विशेष ध्यान दिने भएको छ । विमानस्थलको रनवे, पार्किङ र हेलिप्याड बनाउने भएको छ । बंगलादेशी विमान दुर्घटना भएको क्षेत्रमा हेलिप्याडको निर्माण हुने भएकाे छ । हेलिप्याड निर्माणको लागि प्राधिकरणले प्रक्रिया अघि बढाइसकेको छ । यसैगरी कोटेश्वर तर्फको जमिनमा पार्किङ निर्माण गर्नेछ ।

प्राधिकरणले धमाधम विमानस्थल बन्द हुन थालेपछि अब नयाँ विमानस्थल निर्माणका लागि ध्यान नदिने भएको छ । प्रवत्ता श्रेष्ठका अनुसार हाल २२ वटा आन्तरिक विमानस्थल बन्द छन् । यसबाट सरकारको अर्बौ  रूपैयाँ लगानी खेर गएको छ ।

सात विमान स्थलमात्रै नाफामा

देशभर रहेको ५६ वटा विमानस्थल रहेका छन् । जसमध्ये ३१ विमानस्थल मात्रै सञ्चालनमा रहेको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा त्रिभुवन विमानस्थलले सबैभन्दा धेरै आम्दानी गरेको छ । अन्तराष्ट्रिय विमानस्थलले गत वर्ष ७ अर्ब २५ करोड रूपैयाँ आम्दानी गरेको हो । यसैगरी नाफा गर्ने विमानस्थलहरुमा पोखरा, भैरहवा, नेपालगञ्ज, भरतपुर, चन्द्रगढी र लुक्ला विमानस्थल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.