दर्जनौ पुल आयोजना अलपत्र पार्ने विवादास्पद पप्पु कन्ष्ट्रक्सन राष्ट्र बैंकको भवन बनाउन छनौट

  २०७५ भदौ २९ गते ९:०७     विकासन्युज

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त नेपाल राष्ट्र बैंकको भवन बनाउन विवादस्पद पप्पु कन्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड प्राविधिक रुपमा छनौट भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बोलपत्र आब्हान गर्दा भाग लिने मध्ये पप्पुलगायत १२ निर्माण व्यवसायी प्राविधिक रुपमा पास भएका छन् । पप्पुले एसआरबीसीसंगको संयुक्त उपक्रम (जेभी) संग बोलपत्र पेश गरेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

धरहराको सुपरीवेक्षणको काम गर्नका लागि छनौट भएको पप्पुले राष्ट्र बैंकको भवन बनाउन प्राविधिक रुपमा सक्षम प्रमाणपत्र सरकारबाट पाएको छ ।आर्थिक प्रस्ताव खोल्न बाँकी रहेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । आर्थिक प्रस्तावमा सबैभन्दा सस्तो दर भएमा पप्पुले राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पाउने छ । पप्पुले ठेक्का पाएमा राष्ट्र बैंकको भवन निर्माण पनि अनिश्चित बन्नेछ । आयोजना कार्यान्वयन इकाईले असोज ५ गते बिहान ११ बजे आर्थिक प्रस्ताव खोल्ने जानकारी दिएको छ । सबैभन्दा कम दर प्रस्ताव गरेको पाइएमा पप्पुले राष्ट्र बैंकको भवन बनाउने ठेक्का पाउने छ ।

पप्पुले ठेक्का पाएका कुनै पनि आयोजना निर्धारित समयमा सकिएको छैन् । पप्पुमाथि गुणस्तरहीन काम गरेको आरोप लाग्दै आएको छ । उसले ७ किलोमिटर भन्दा बढी लामो पुल अायाेजनाकाे ठेक्काको काम गर्न बाँकी रहेको छ । पप्पुले वर्षोदेखि पुल निर्माण अलपत्र पारेर छाडेको छ ।
पप्पु कन्ष्ट्रक्सन संघीय समाजवादी फोरमका अध्यक्ष हरिनारायण रौनियारको हो । उनले हालै एक दैनिक अखवारमा अन्तरवार्ता दिदै पप्पुमाथि लागेको आरोप सत्य नभएको दावी गरेका छन् । अहिले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पप्पुले लिएका आयोजनाको अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन आएपछि कार्वाही प्रक्रिया अघि बढाउने मन्त्री रघुवीर महासेठले बताएका छन् ।

राष्ट्र बैंकको भवन बनाउन प्राविधिक प्रस्ताव पास हुनेमा क्यापसिटी गौरी पार्वती जेभी, कुमार सीएफसी जेभी, सीआर ५ स्वच्छन्द जेभी, जीआईएसी, शर्मा लाभा जेभी, जेटिक रमन जेभी रहेका छन् ।

प्राविधिक रुपमा सफल हुने अन्य कम्पनीमा सीसो समानन्तर जेभी, बीएलके रसुवा रोशन जेभी, एसआरबीसी पप्पु जेभी, चाइना रेल्वे गजुरमुखी जेभी, बिल्ल कन्टेक जेभी, तँदी केसी जेभी र बीकोइ हेविइ जेभी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.