लघुवित्त संस्थाले पनि विदेशी मुद्रामा ऋण लिन पाउने, लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्ने

  २०७५ भदौ २८ गते १७:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई पनि विदेशी बैंक तथा वित्तीय संस्थाबाट परिवत्र्य मुद्रामा ऋण लिन अनुमति दिएको छ । केन्द्रीय बैंकले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण ल्याउन खुला गरेको हो ।

वाणिज्य बैंकले पाएको सुविधा लघुवित्तीय संस्थाले पनि पाउने भएका हुन् । ऋण रकम पर्यटन, कृषि, लघुजलविद्युत, लघुउद्यम, रोजगार तथा स्वरोजगार सिर्जना गर्ने क्षेत्रमा मात्र लगानी गर्न पाउने राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए । तोकिएको पुँजीकोष कायम गरेका लघुवित्तले मात्र पाउने उनले जानकारी दिए ।

यस्तो ऋणको अवधि न्युनतम १ वर्षदेखि ५ वर्षसम्म हुने छ । ऋण लिएवापत कुनै पनि विदेशी बैंकलाई धितो दिन नपाउने व्यवस्था गरिएको छ ।

केही बैंकले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट ऋण लिन प्रक्रिया सुरु गरे पनि डलर महंगो भएपछि अहिले स्थगन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.