नेपाल भित्रियो भिभोको भी ११ प्रो र भि ११, मूल्य ४९४९०/३९९९० रुपैंयाँ

  २०७५ भदौ २८ गते १८:४१     विकासन्युज

काठमाडौं । भीभोको भी ११ प्रो र भि ११ मोबत्राइल नेपाली बजारभा भित्रिएको छ । भी११ प्रोको मूल्य ४९ हजार ४ सय ९० रुपैंयाँ तोकिएको छ भने भी ११ को मूल्य ३९ हजार ९ सय ९० रुपैंयाँ कायम गरिएको छ । भीभोको भी ११ प्रोमा न्यू हालो फूलभ्यू डिस्प्ले राखिएको छ ।

भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्गदाले नयाँ स्मर्ट फोनहरुले नेपाली उपभोक्ताहरुको मन जित्न सफल हुने दावी गरे । उत्कृष्ट फोटोग्राफीका लागि भी ११ प्रोमा १२ मेगा पिक्सेल प्लस ५ मेगा पिक्सेलको ड्यूल मुख्य क्यामेरा रहेको छ । सेल्फीका लागि स्मार्टफोनमा २५ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । १२ मेगापिक्सेलको मुख्य क्यामेराले ड्यूलपिक्सेल सेन्सरहरुलाई उच्च प्रकाश संवेदनका लागि २ करोड ४० लाख फोटो सेन्सेटिभ यूनिटमा परिवर्तन गर्न सक्दछ ।

यसले केबल ०.०३ सेकेण्डमा नै फोकसलाई लक गर्नसक्ने डिएसएलआर गुणस्तरको ड्यूल–पिक्सेल अटोफोकोस प्रविधि अवलम्बन गरेको छ । यसमा ६ जीबी र्यामका साथमा १२८ जीबीको आन्तरिक स्टोरेज(रोम) रहेको छ । एन्ड्रोयड ८.१ माआधारित भीभोको आफ्नै फन टचओएस ४.५ (अपरेटिंग सिस्टम) र भीभोको जोभीएआई इन्जिनले सीपीयू र मेमोरी रिसोर्सलाई पहिचान गर्न सँगसँगै कार्य गर्दछ ।

भीभो भी ११ प्रोमा १९.५ः९ एस्पेक्ट रेसियोसहितको ६.४१ इन्चको सूपर एमोलेड हालो फूलभ्यू डिस्प्लेका साथमा ९१.२७ प्रतिशतको स्क्रीन–टू–बडि रेसियो रहेको छ । यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाईको मात्र छ । यी फोनहरु बजारमा २०७५ असोज ४ गते देखि उपलब्ध हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.