यूनिलिभरले प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिने, कहिले हुँदै छ वार्षिक साधारणसभा ?

  २०७५ भदौ २८ गते १४:२८     विकासन्युज

काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

कम्पनीको आगामी साधारणसभा कात्तिक ६ गते बस्ने भएको छ । उक्त सभाले समितिको प्रस्तावित लाभांशलाई पारित गर्ने भएको छ ।

कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख  रुपैयाँ रहेको छ । गत आवमा कम्पनीले ९९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । वार्षिक कारोबार ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.