५ हजार घुसले पहरी नायव निरीक्षक रामबाबु यादवको जागिर गयो

  २०७५ भदौ २७ गते १९:०६     विकासन्युज

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई पक्राउ गरेको छ ।

उनलाई ५ हजार रुपैयाँ घुस रकमसहित टोलीले रङ्गेहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक यादवले भारतबाट नेपालतर्फ समान ल्याउनेक्रममा सहयोग गरिदिने भन्दै एक जना सेवाग्राहीबाट उक्त रकम लिँदै गर्दा पक्राउ परेको जनाएको छ ।

पक्राउ परेको यादवलाई आयोगको बर्दिवासस्थित कार्यालयमा ल्याएर थप अनुसन्धान गरिरहेको पनि जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.