तीजको लहर आयो बरि लै!

२०७५ भदौ २७ गते १५:०० विकासन्युज

काठमाडौँ । आज  नेपाली महिलाहरूको महान चाड हरितालिका तीज । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । यस पर्वलाई कलाकारहरुले पनि भव्यताका साथ मनाएका छन् । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।