एनसेलसँग ६१ अर्ब कर असुल्न विदेशी कम्पनीको खोजी सुरु

  २०७५ भदौ २७ गते १०:४९     विकासन्युज

काठमाडौं । एनसेलको सम्पति दायीत्व मूल्यांकन(डीडीए) गर्न विदेशी कम्पनीको खोजी सुरु भएको छ । नेपाली कम्पनीहरुले एनसेलको डीडीए गर्न आवेदन नदिएपछि ठूला करदाता कार्यालयले विदेशी कम्पनीको खोजी सुरु गरेको हो । कार्यालयले असोज २६(अक्टोबर १२) तारिख भित्र एनसेलको डीडीए गर्न इच्छुक विदेशी कम्पनीहरुले आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

डीडीए वापतको सबै खर्च ठूला करदाता कार्यालयले नै व्यहोर्नेछ । कार्यालयले २०७२ साल चैत २९ गते अघिको डीडीए गराउन लागेको हो । डीडीएपछि एनसेलको सेयर खरिद बिक्री तथा सम्पति र दायित्वको एकिन मूल्यांकन भएर कर असुलीमा सघाउ पुग्ने बताइएको छ ।

एनसेल खरिद बिक्रि प्रकरणमा करिब ६१ अर्ब रुपैंयाँ पुँजीगत लाभकर छलिएको ठूला करदाता कार्यालयको ठम्याई रहेको छ । एनसेलको सेयर स्वामित्व टेलियासोनोराले आजियटालाई बेच्दा पुँजीगत लाभकर छलि भएको थियो । अफसोर कारोबार गरेर कर छली भएपछि ठूला करदाता कार्यालयले सम्पति दायित्व मूल्यांकन मार्फत असुली प्रक्रिया अघि बढाएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नै एनसेलको डीडीए गरेर पुँजीगत लाभकर गणना गरि असुली प्रक्रिया अघि बढाईसकिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.