टोयोटाको गाडी बुक गर्नुस्, ५ दिने माउण्टेन फ्लाइट जित्नुस्

  २०७५ भदौ २६ गते १७:५७     विकासन्युज

काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट (युटिएस) ले यहि भदौ २६ देखि ३१ गतेसम्म भइरहेको नाडा अटो शो २०१८ मा स्पेसल अफरको घोषणा गरेको छ ।

यस अफर अन्तर्गत नाडा अटो शो अवधिभरि टोयोटाको हरेक बुकिङ्मा ५ जोडीको लागि ५ दिन, ४ रातको बालि टुर, ४ जोडीको लागि ४ दिन ३ रातको पोखरा टुर र २ जोडीको लागि माउण्टेन फ्लाइट जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । साथै, कम्पनीले आकर्षक नगद छुटको व्यवस्था पनि गरेको छ ।

भर्खर मात्र सार्वजनिक गरिएको एसयुभी “रस” नाडा अटो शो को प्रमुख आकर्षण रहने कुरा कम्पनीले जनाएको छ । डुवल भीभीटि (आइ सुपर इन्जिन भयको उक्त “रस” मा ६ एसआरएस एयर ब्याग रहेका छन् । ७ सिटर “रस” २८० एम एम रक बटम ग्राउण्ड क्लियरेन्स, १७ इन्च व्हील बेस जस्ता विशेषताले भरिएको रहेको छ ।

अत्याधुनिक प्रविधिले भरपुर बेस्ट इन क्लास एसयुभी “रस” मा भी एस सी (भेहिकल स्टेबिलिटि कन्ट्रोल), टि आर सी (ट्र्याक्सन कन्ट्रोल सिस्टम), अटो कन्ट्रोल हुने फ्रन्ट फग एल इ डि हेड ल्याम्प, स्मार्ट इन्ट्री सिस्टम, इ एस एस (इमरजेन्सी सिग्नल सिस्टम), एबिएस (एन्टी लक ब्रेकिड्ड सिस्टम) र एचएसी (हिल स्टार्ट असिस्ट कन्ट्रोल) जस्ता प्राविधिक विशेषता रहेका छन् ।

प्रि बुकिङ् अवधिमा १५० टोयोटा “रस“ बिक्री भएको थियो । शो मा कम्पनीले आफ्नो अरु ब्राण्डहरु र्याभ फोर, ल्याण्ड क्रुजर, प्राडो, हाइलक्स र फरट्युनर पनि राख्ने भएको छ । साथै, नाडा अटो शोका ग्राहकहरुलाई टोयोटाले इन हाउस फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ । कम्पनीले ग्राहकहरुलाई स्टल नम्बर ए९ भ्रमण गरि बुकिङ् मार्फत आकर्षक पुरस्कार प्राप्त गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.