विद्यालय भवन बनाउन एडीबीको १६ अर्ब सहयोग

  २०७५ भदौ २६ गते १०:२८     विकासन्युज

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले ३ वटा प्रदेशमा विद्यालय भवन निर्माण गर्न १६ अर्ब रुपैयाँ अर्थात १६ करोड डलर ऋण र अनुदान स्वीकृत गरेको छ ।

एडीबीको सञ्चालक समिति बैठकले नेपाललाई दिने ऋण र अनुदान प्याकेज योजना स्वीकृत गरेको हो । ऋण तथा अनुदान सहयोगले भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणमा सहयोग गर्ने एडीबीका देशिय निर्देशक मुक्तर खामुदखानोभले बताए । भूकम्पले ३ वटा प्रदेशका २ हजार २०० विद्यालय पुर्ण रुपमा ध्वस्त र ३ हजार ५०० विद्यालय आंशिक क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.