मेटलाईफ नेपालले जित्यो ‘सिल्भर स्टिभी’ अवार्ड, वित्तीय सेवाको विधामा उत्कृष्ट

  २०७५ भदौ २५ गते १७:१७     विकासन्युज

काठमाडौं । मेटलाईफ नेपालको लाइफ केयरले वेष्ट न्यु प्रडक्ट अर सभिस-फाइनान्सियल सर्भिसको विधा अन्तर्गत “सिल्भर स्टिभी” अवार्ड जितेको छ । १५औँ वार्षिक अन्तराष्ट्रिय बिजनेस अवार्डमा वित्तीय सेवाको विधामा नवीनता र उत्कृष्टताका लागि लाइफ केयरलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

नेपालमा लाइफ केयर यस प्रकृतिको पहिलो बीमा योजना हो । यसमा जीवनको क्षति, अप्रत्यासित घटना र गम्भिर रोगको पहचिान वापत विस्तृत वित्तीय सुरक्षा प्रदान गरिन्छ । यस योजनामा खासगरी लाइफ केयर व्युटिफुल नामक महिलालाई मात्र लागु हुने योजना उपलब्ध छ जसअन्तर्गत जीवनको क्षति तथा महिला केन्द्रित रोगहरु जस्तै स्तन क्यान्सर, पाठेघरको क्यान्सर लगायत महिलालाई मात्र हुने दश (१०) वटा रोगहरु वापत सुरक्षण प्रदान गर्दछ ।

लाइफ केयरको एउटा भिन्न विशेषता भनेको उपचार खर्च र गम्भिर रोग पत्ता लागेको अवस्थामा स्याहारका लागि लाग्ने खर्च वापत एकमुष्ठ रकम अग्रिम भुक्तानी हुनु हो । कुनै कुनै अवस्थामा यस योजना अन्तर्गत बिमितले उक्त रकमलाई उपचारका लागि प्रयोग गर्नुका साथै आफु काममा नफर्कुन्जेल सम्मका लागि उक्त अवधिमा हुने आयको नोक्सानीलाई पुर्ति गर्नका लागि समेत प्रयोग गर्न सक्दछन् । लाइफ केयर फेब्रुरीबाट शुरु गरिएकोमा पहिलो ६ महिनाको अवधिमा २५०० भन्दा बढी बीमालेख बिक्री भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.