साफकप २०१८ को प्रत्यक्ष प्रशारण ‘एक्सन स्पोर्ट्स एचडी’ले गर्ने

  २०७५ भदौ २४ गते १८:१९     विकासन्युज

काठमाडौं । नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्स एचडिले हाल भईरहेको साफ सुजुकीकप २०१८ लाई प्रत्यक्ष प्रशारण गरिरहेको छ । भर्खरै सम्पन्न भएको फिफा बिश्वकपलाई समेत प्रत्यक्ष प्रशारण गरेको एक्शन स्पोर्ट्सले ‘नेपालीले खेल्छ, नेपालीले हेर्छ’ भन्ने नारा सहित उक्त खेलको प्रत्यक्ष प्रसारण गर्दै छ ।

दक्षिण एशियाका ७ राष्ट्रहरु सहभागी यो प्रतियोगिता भदौ १९ देखि शुरु भई भदौ ३० गतेसम्म चल्ने छ । प्रतियोगिताका सबै खेलहरु उक्त एक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एचडि पिक्चर क्वालिटिमा हेर्न सकिने छ ।

नेपालले बंगलादेश विरुद्धको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै २(० को जित हात पारि सेमिफाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.