आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त

  २०७५ भदौ २४ गते १७:४९     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । नवनियुक्त भट्टले आइतबार सञ्चालक समिति समक्ष सीईओ पदको सपथ ग्रह्रण गरेका छन् ।

उक्त सपथ ग्रह्रण गर्ने कार्यक्रममा सीईओ भट्टले आफुसँग रहेको कार्य अनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

१९९८मा नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ् करियर शुरु गरेका भट्टसँग सहायक महाप्रबन्धकको पनि कार्य अनुभव रहेको छ । त्यसपछि भट्टले मेघा बैंकमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए ।

पछिल्लो समयमा भट्ट विभिन्न बैंक तथा वित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध रही आएका थिए । भट्टसँग रेमिट टु नेपाल प्रा.लिको सीईओ पदमा रही काम गरेको अनुभव समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.