विद्युतीय यातायात सम्बन्धी नीति बनाउँदै भारत, नेपालमा कहिले ?

  २०७५ भदौ २३ गते १३:४६     विकासन्युज

नयाँ दिल्ली । गतिशीलता आर्थिक विकासको महत्वपूर्ण संवाहक भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले छिट्टै विद्युतीय तथा यातायातका लागि वैकल्पिक इन्धनबारे नीति ल्याउने बताएका छन।

‘मुभ ग्लोबल मोविलिटी समिट’ लाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्रीले भने, हामीले छिट्टै विद्युतीय गाडीका लागि स्थिर खालको नीति ल्याउने बताए । हाम्रा धरोहर र आगामी सन्ततिप्रतिको प्रतिवद्धता भएकाले त्यसका लागि आफ्नो सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो ।

अन्य मुलुकमाजस्तो प्रतिव्यक्ति गाडी सङ्ख्या कम रहेकोले भारतसँग प्राकृतिक शक्ति र तुलनात्मक रूपमा सुअवसर रहेको छ ।
उनले भने, “गतिशीलता आर्थिक विकासको मुख्य संवाहक हो । राम्रो परिवर्तनले यात्रु र यातायातको भारलाई कम गर्छ र अर्थतन्त्रलाई वढावा दिन्छ । यसले नयाँ पिँडीलाई रोजगारीका अवसर सिर्जना गर्छ ।”

भारतीय प्रधानमन्त्रीले भने, “वास्तवमा भारत चलायमान छ । भारतीय अर्थतन्त्र चलायमान छ । हामी विश्वमा शीघ्र आर्थिक वृद्धिका लागि नमूना राष्ट्र बन्न सफल भएका छौँ । हाम्रा शहर र बजारमा वृद्धि छ । हामीले शीघ्र गतिमा सडक, विमानस्थल, रेलमार्ग र बन्दगाह निर्माण गरिरहेका छौँ ।”

उनले भारतमा गत बर्ष उल्लेखनीय मात्रामा सामान तथा सेवाकरमा वृद्धि आएको र सामानको बजार कायम भएको बताए । प्रधानमन्त्री मोदीले साझा, जोडिएका, विश्वशनीय, भीडभाडरहित, सफाईजस्ता भारतीय विकासका लागि आफ्नो दृष्टिकोणलाई उक्त अवसरमा सार्वजनिक गरे । शुक्रबार भएको कार्यक्रममा विश्वभरबाट करिब २०० विज्ञहरूले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.