पञ्चकन्या ग्रुपको उत्कृष्ट मेनेजरमा तामाङ र सर्वोत्कृष्ट कर्मचारीमा वाग्ले सम्मानित

  २०७५ भदौ २१ गते १८:५७     विकासन्युज

काठमाडौं । पञ्चकन्या ग्रुपको उत्कृष्ट मेनेजरमा नामगेल तामाङ सम्मानित भएका छन् । साथै, कम्पनीले आफ्नो सर्वोत्कृष्ट कर्मचारीमा गोपालप्रसाद वाग्ले र उत्कृष्ट कर्मचारीमा सुजन श्रेष्ठलाई सम्मान गरेको छ ।

ग्रुपले आफ्नो ४६औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८८औं जन्मोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र एसएस वाटर ट्याङ्का डिलरहरुलाई प्रशंसा-पत्र तथा उपहारबाट सम्मानित गरेको थियो ।

त्यसैगरी, सर्ह्रानीय कार्य गर्ने तथा लामो समय सेवा अवधी पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरियो । उक्त कार्यक्रममा पञ्चकन्या समूहका संचालकहरु, कर्मचारीहरु, डिलरहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.