हुन्डाइले ल्यायो फेष्टिभ डिलाइट योजना, सित्तैमा बीमा र आकर्षक नगद छुट पाइने

  २०७५ भदौ २१ गते १८:३६     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले दशैं, तिहार र छठको अवसरमा हुन्डाइ फेष्टिभ डिलाइट योजना ल्याएको छ । यहि भदौ २१गते देखि शुरु भएको यो योजनाको आगामी कार्तिक २७ गतेसम्म लागु हुनेछ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क बीमा पाउनेछन् । साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँ सम्मको नगद छुट, लक्की-ड्र मार्फत १०० जनालाई १०-१० ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत लक्की-ड्र मार्फत हुन्डाई आई२० एक्टिभ एक थान र हुन्डाई क्रेटा एक थान जित्न सकिने कम्पनीले जनाएको छ ।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.