काठमाडौंका नदी सफा गरेर हुदैन, पुनर्जीवित गर्नुपर्छ : भीम उपाध्याय

  २०७५ भदौ २१ गते १६:३७     विकासन्युज

काठमाडौंका नदी किन सुके ? यहाका नदी सबै फरेष्ट फेड अर्थात् रेनफेड हुन्, स्नोफेड हैनन् । वस्ति बढ्दै गयो, जंगल मासिदै गयो, परेको पानी जमिनमा अड्न पाएन अनि नदी सुक्दै गए । सुकेका नदीमा प्रदुषित पानी र ढल, ठोसफोहर डम्पिंग गरेर थप संकट निम्त्याईयो ।

नदी सफा गरेर हुदैन, रिभाईभ गर्नुपर्छ । यसका निम्ति नदी ब्यवस्थापन मन्त्रालय र नदी व्यवस्थापन कानुनको टड्कारो खॉचो छ । नदीमा ढल र पर्खाल लगाउदैमा, अर्बौंको बजेट सिद्याउनमा रमाउदैमा उपलव्धि ठान्नु महामुर्खता हो र त्यो निकट भविष्यमा अवश्य प्रमाणित पनि हुनेछ । बैज्ञानिक, प्राविधिक सामाजिक र कानुनी सबै पक्षमा टोटल वार नगरी नदीहरू पुनर्जिवित हुनेवाला छैनन् ।

समिति गठन र राजनीतिक नियुक्तिले गॉड झिक्नु भन्दा थप्ने गरिरेहेको बुझेकै कुरा हो । शक्तिशाली नदी आयोग वा प्राधिकरण गठन गर्दा पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.