फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै परेनन मेस्सी

  २०७५ भदौ १९ गते ८:५६     विकासन्युज

लण्डन । अर्जेन्टियन स्टार फुटबलर लियोनेल मेस्सी यसपालीको विश्व फुटबल महासंघ (फिफा) विश्व पुरुष खेलाडीको मनोनयनमै पर्न असफल भएका छन् । उनीसँगै ब्राजिलियन स्टार नेइमार पनि उत्कृष्ठ खेलाडीको सूचिमा पर्न असफल भएका हुन ।

यस बर्ष उत्कृष्ठ खेलाडीको सूचिमा क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको छ। यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए ।

तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा परिसकेका छन् ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.