संघियता असफल भएमा सैन्य शासन आउँछ

  २०७५ भदौ १८ गते १८:१४     विकासन्युज

काठमाडौं । संघीयताको मातमा नेपालको ब्युरोक्रेसी र एलिट निजामति सेवा निरन्तर ध्वस्त हुदैछ । निजामति सेवा क्षेत्रमा भिजनरी नेतृत्व देखिएन । सरकार भनेकै निजामति सेवा हो र यसको बेहाल हुनु भनेको कुशासनको महारोगमा फस्नु हो ।

आफू संघीय व्यवस्थाको हिमायति हुदाहुदै पनि म यसको नयॉ निजामति प्रणाली केवल विद्यमान संरचना भत्काउने तर नयॉ प्रभावकारी संरचना निर्माणमा बलिदान र योगदान नगर्नेहरूको हातमा पुग्छ कि भन्ने जुन डर थियो, त्यही देखिन थालेको भान हुदैछ ।

निजामति सेवाको वर्तमान जेजस्तो छ दह्रो फ्रेम २०१३ सालमा टंकप्रसादले बनाएका थिए, महेन्द्रले दह्रो पारेका थिए । बहुदल आएपछि यसको अंग पतन हुदै अब संघीय व्यवस्था दाहसंस्कार हुन लागेको अनुभूत भयो ।

कमजोर सरकार र कमजोर ब्योरोक्रेसीले आमन्त्रित गर्ने राज्य व्यवस्था सैनिक शासन हुने गरेको विश्व ईतिहास र वर्तमानले देखाएको छ । नेता कर्मचारीलाई दोष लगाउने, कर्मचारीले नेतालाई सराप्ने र जनता कर्मचारी र नेतालाई धारे हात लाउने अहिलेको अवस्था खतरनाक हो ।

निजामति सेवा जोगाऔं अनि मात्र मुलुकमा स्थीरता शान्ति र विकासका पूर्वाधार सही हुन पुग्नेछ । नत्र पिँध बिनाको लोटामा पानी अडिने छैन, पुर्पुरोमा हात राखेर धिक्कार्नुको के अर्थ होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.