भाजपा अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश

  २०७५ भदौ १५ गते १२:१५     विकासन्युज

नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालमा रहेको एउटा अदालतले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । फौजदारी कानूनको उलङ्घन गरेको आरोप सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले उनलाई यस्तो आदेश दिएको हो ।

पश्चिम बङ्गाल राज्यका मुख्यमन्त्री तथा सत्तारुढ दल त्रिणमुल कङ्ग्रेस पार्टीकी बरिष्ठ नेता ममता बेनर्जीको भतिज अभिशेक बेनर्जीले दिएको मुद्दाका आधारमा अदालतले शाहलाई उक्त आदेश दिएको बताइएको छ । “महानगरीय अदालतले उहाँलाई आउँदो सेप्टेम्बर २८ तारिख सम्ममा अदालतमा उपस्थित हुन बुधबार आदेश दिएको छ,” एक वकिलले बिहीबार भने ।

उनका विरुद्धमा परेको मुद्दाका बारेमा शाहलाई पत्राचार गरिसकिएको र घटनाका बारेमा गल्ती स्विकार्दै माफी माग्ने अपेक्षा गरिएको छ ।
तर अध्यक्ष शाहको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको अधिकारीहरुलाई उद्धृत गर्दै एएनआइले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.