लगानी कोषको कामु सीर्इअाेमा सुशीलकुमार अर्याल

  २०७५ भदौ १४ गते १७:३०     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको कायम मुकायम (कामु) कार्यकारी निर्देशक(सीर्इअाे)मा सुशीलकुमार अर्याल नियुक्त भएका छन् ।

बुधबार बसेको कोष संचालक समितिको बैठकले केही दिनदेखी रिक्त(खाली) रहेको उक्त पदमा अर्याललाई नियुक्त गरी कामु सीर्इअाेकाे जिम्मेवारी दिएकाे हाे ।

नवनियुक्त अर्याल यो भन्दा अघि कोषको मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । कोषमा उनी अनुभवी व्यक्तित्वको रुपमा परिचित रहेका छन् ।

बाणिज्य सास्त्रमा स्नाकोत्तर तथा कानुनमा बिएल गरेका अर्यालले नेपाल व्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.