बिजुलीको महशुल तिर्न अब विद्युत प्राधिकरण धाउनु नपर्ने , महालक्ष्मी विकास बैंकबाट दिन सकिने

  २०७५ भदौ १३ गते ८:३१     विकासन्युज

 

काठमाडौं । महशुल तिर्न नेपाल विद्युत प्राधिकरण मै धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । महालक्ष्मी विकास बैंकका सबै शाखाबाट बिजुलीको महशुल तिर्ने व्यवस्था गरेकाे छ ।

महालक्ष्मीले बिद्युत महशुल भुत्तानी सेवा सुरु गरेको जानकारी दिएकाे छ । जुनसुकै शाखा कार्यालयबाट विद्युत प्राधिकरणको बिजुली महशुल भुत्तानी हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । विद्युत प्राधिकरणको बिजुली महशुल भुत्तानी सेवा दिने महालक्ष्मी पहिलो र एक मात्र बैंक भएको छ ।
यस्तै महालक्ष्मी स्मार्ट एपमा पनि यो सेवा उपलब्ध रहेको बैंकले जनाएको छ । यसबाट विद्युत प्राधिकरण कार्यालयमा गएर बिजुलीको महशुल भुत्तानी र लामो लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ । यसबाट ग्राहको समयको बचत हुनुका साथै आफुलाई पायक पर्ने शाखाबाट बिजुलीको महशुल भुत्तानी गर्न सहज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.