नेपाली बजारमा आफ्नो उचाई अनुसार सिट घटाउन र बढाउने मिल्ने स्कुटर

  २०७५ भदौ ११ गते ११:५४     राजाराम न्यौपाने

काठमाडौँ । तपाई स्कुटर प्रयोग गर्दा अग्लो वा होचो भएर समस्यामा पर्नु भएको छ ? यदि छ भने अब आफ्नो आवश्यता अनुसारको उचाई घटाउन र बढाउन मिल्ने स्कुटर पनि नेपाली बजारमा उपलब्ध छ ।

महिन्द्राले स्कुटर चालकहरुलाई मध्यनजर गरेर आफ्नो ब्रान्डको गस्टो भिएक्स स्कुटरलाई ३ इन्चसम्म घटाउन र बढाउन सकिने स्कुटर बजारमा बिक्री भैरहेको छ । महिन्द्राको मार्केटिङ डिपार्टमेन्टका सुजित लुइंटेलले भने, ‘नेपाली बजारमा महिन्द्रा गुस्टो भिएक्स स्कुटरको मात्रै सिट अग्लो र होचो बनाउन सकिन्छ ।’ अरु कम्पनीको भन्दा महिन्द्राको स्कुटर र बाइक बढि बिक्री भएका छन् ।

महिन्द्रा गस्टोे भिएक्स ११० सिसिको स्कुटर हो । महिन्द्रा १२५ सिसिको गस्टोे भिएक्सको मूल्य १ लाख ७६ हजार ९ सय र १२५ सिसिको नै अर्काे गस्टो भिएक्सको मूल्य १ लाख ८७ हजार ९ सय कम्पनीले तोकेको छ । महिन्द्रा गस्टोे भिएक्सको २ वटै स्कुटरमा स्पोर्टी बडि ग्राफिक्सको साथ रातो र सेतो रंग, साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ ।

यसका साथै डिस्प्ले प्यानलमा सरल तथा छिटो पहुंचका लागी आकर्षक फन्ट स्टोरेज पनि राखिएको छ । गस्टो भिएक्स स्कुटर स्टाइलिस, सहज, सुविधा र आकर्षक रहेको छ । महिन्द्राको बाइकहरु १ लाख ५१ हजार देखी ५ लाख ८० हजार सम्मका छन् । त्यसैगरी स्कुटर १ लाख ७८ हजार देखी १ लाख ८७ हजार सम्मका छन् ।

महिन्द्रा कम्पनीले बिक्री गर्ने बाइक

११० सिसिको सेन्चुरो रकस्टार बाइकको मूल्य १ लाख ५१ हजार ५ सय कम्पनीले तोकेको छ । ११० सिसिको सेन्चुरो डिक्स ब्रेक बाइकको मूल्य १ लाख ६३ हजार ९ सय र त्यसैगरी ३०० सिसिको मोजो बाइकको मूल्य ५ लाख ८० हजार कम्पनीले तोकेको छ ।

महिन्द्रा कम्पनीले बिक्री गर्ने स्कुटर

१२५ सिसिको रोडियो युजो स्कुटरको मूल्य १ लाख ७८ हजार ९ सय, कम्पनील ११० सिसिको गस्टो आर एस स्कुटरको मूल्य १ लाख ६७ हजार ५ सय र त्यसैगरी १२५ सिसिको गस्टो आर एस स्कुटरको मूल्य १ लाख ६७ हजार ५ सय कम्पनीले तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.