टिभीएस अपाचे आटिआर १६० फोरभी नेपालमा सार्वजनिक, मूल्य २ लाख ७९ हजार

  २०७५ भदौ १० गते १८:४८     विकासन्युज

काठमाडाैं । नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभीएस आरटिआर १६० फोरभी मोडेल नेपालमा सार्वजनिक गरेको छ। यो मोटरसाइकल टिभीएस आरटिआर १६० फोरभी अत्यन्त शक्तिशाली १६० सीसी मा रहेको कम्पनीले जनाएकाे छ ।

नयाँ मोटरसाइकल भृकुटिमण्डपमा आयोजना गरिएको टिभी एस अपाचे आरटिआर १६० फोर भी बिट्स नामक कार्यक्रम मार्फत नेपाली बजारमा सार्वजानिक गरिएको हो। उक्त सांगीतिक कार्यक्रममा नेपाली गायकहरु सुगम पोखरेल, एड्रिन प्रधान, रबिन तामांग,निरन शाही, हरि महर्जन, निखिल तुलाधर, सरद शाहीआदिले आफ्नो प्रस्तुति दिएका थिए।

४ भल्भ, आयल कुल्ड इन्जिनभयको बेस्ट एनक्लास टि भी एस आर टि आर १६० फोरभी, इण्डियन नेशनल मोटरसाइकल रेसिड्ड च्याम्पियन शिप (आइएनएमआर सी) को छ पटकको बिजेता मोटरसाइकल हो, “नयाँ टिभीएस आर यीआर १६० फोरभीमा थप प्रविधिहरु सहित अाएको छ। यो मोटरसाइकल नेपालको लागि सबैभन्दा शक्तिशाली इन्जिन भएको १६० सी सी र बेस्ट इनक्लास मोटसाइकल हुनेछ।” सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक शाहील अग्रवालले भने । साथै, यसमा सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिंग लुक रहेकाे उनले बताए ।

टिभीएस आरटिआर १६० फोरभीका बारे टोर भेरिअण्टमा उपलब्ध रहेको छ । १५९.७ ससी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भइन्जिन रहेको उक्त मोटरसाइकल १६.५ पी एस ८००० आर पीएममा र १४.८ एनएम ६५०० आर पीएममा रहेको छ । पावर राइडिड्डको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिड्ड को अनुभव प्रदान गर्नेछ ।

आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टिभीएस अपाचे आर टि आर १६० फोरभी पावोर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ। जसले आश्चर्यजनक रुपमा ०-६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्दछ।

पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरियको उक्त मोटरसाइकल, उत्कृस्ट हाइ स्पिड स्टेबिलिटि, बेस्ट इनक्लास अनरअफ ट्रयाक ह्याण्डलिड्डले सुसज्जित रहेको छ। टिभीएस राइडरहरुको परिसुद्दता र इन्जिनियरहरुको बिशेषज्ञतामा आधारित मोनो शक् सस्पेन्सन र रेजर शार्प ह्याण्डलिड्ड यो मोटरसाइकलको आकर्षण हो, राइडरहरुको सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध रहेको छ। यो मोटरसाइक फुल्ली डिजिटल भएको स्पिडोमिटर आइएनएमआर सीमा आधारित रेस मेशिनआर टि आर १६५ मा आधारित छ। अग्रेसिभ हेड ल्याम्प, फेशनेवल बडी, फ्ल्यागग्राफिक्स र स्लिकशार्प टेलहरु ग्राहकहरुलाई थपआकर्सित गर्ने बिसेशताहरु हुन।

नेपाली बजारमा यस माेटरसाइकलकाे मूल्य २ लाख ७९ हजार ९ सय रूपैयाँ ताेकिएकाे छ । जुन, आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.