हप्ताभरिको काठमाडाैंलाई ६ तस्विरमा हेर्दा !

  २०७५ भदौ ८ गते १५:३७     प्रकाश देवकोटा

 

तस्बिरमा भक्तपुर दरबार क्षेत्र स्थित पाचँ तले मन्दिरको सुन्दरता । दैनिक हजारौ संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरुले यस क्षेत्रको अवलोकन गर्ने गर्छन् ।

 

हे राम! कहिले समाधान होला काठमाडाैंको जाम ? (आफ्नो गन्तव्यका लागी साझ ९ बजेसम्म गाडीको पर्खाईमा सर्वसाधारण)

 

बाघबजार नजिक आकाशे पुल मुनी लागेको मोटर जाम, प्राय सधै जसो उपत्यकाबासीले ट्राफिक जामको समस्या थेग्नु परेको छ ।

 

मरे पछि लान नमिले पनि बाचुन्जेल त चाहियो नि ! मन्दिरमा दर्शन गर्न आएका श्रदालूले दिएको पैसा गन्दै एक वृद्ध आमा ।

 

तिजको उपलक्ष्यमा भृकुटिमण्डपमा लागेको तिज मेलामा एैना हेर्दै एक महिला ग्राहक । तिजलाई हिन्दु महिलाहरुले बिशेष पर्वका रुपमा मान्ने गर्छन् र यस पर्वमा विवाहीत महिलाहरु आफ्नो पतिको दृघायुको कामना गर्न व्रत बस्ने गर्छन् भने अविवाहीत महिलाहरु असल बर पाउ भनि व्रत बस्ने गर्छन्।

 

बौध्दनाथ स्तुपमा परेवाको झुण्ड, यहाँ आउने पर्यटकहरु परेवालाई दाना हालेर रमाउँदै फोटो खिचेर आनन्द लिने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.