सहयोगी विकास बैंकले हिरोको दुई चक्के सवारीमा ५० प्रतिशतसम्म लगानी गर्ने

  २०७५ भदौ ७ गते १३:४९     विकासन्युज

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुई चक्के सवारी साधनमा लगानी गर्ने भएको छ । सो सम्बन्धमा महोत्तरीको बर्दिवासमा रहेको शान्ति अटो इन्टरप्राइजेजसँग सम्झौता सम्पन्न गरेको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र शान्ति अटो इन्टरप्राइजेजको तर्फबाट प्रोप्राईटर उदिप नारायण महतोले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार शान्ति अटो इन्टरप्राइजेजले विक्री गर्ने हिरो ब्राण्डका दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्नेछ ।

बैंकले उक्त मोटरसाइकल मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल विक्रेता कम्पनी शान्ति अटो इन्टरप्राइजेजले समेत सघाउनु पर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले ग्राहकहरुलाई फाइदा होस् भन्ने हेतुले बैंकले यस्तै अन्य कम्पनीसँग पनि सम्झौता गरिसकेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.