यसकारण संघीयता महंगो भएको छ : भीम उपाध्याय

  २०७५ भदौ ६ गते १७:४१     विकासन्युज

संघीयता महंगो भयो भनेर हल्ला त खुब मच्चाईएको छ । तर यो कसरी महंगो हुन पुग्यो ? यसमा कसैले ध्यान दिएको छैन

१. पहिला ४१४६ वटा निकाय निकाय वा सरकारहरू थिए । अहिले ७६१ सरकार मात्र छन् ।
२.पहिले २ लाख निर्वाचित जनप्रतिनिधि थिए अहिले ३९ हजार मात्र छन् ।
३ पहिले ६० जनासम्म मन्त्री थिए अहिले ११५ जति छन्।
४. पहिले २०५ सांसद थिए अहिले ८८० छन्।
५. पहिले ७५ जिल्ला थिए अहिले ७७ छन् ।
६. पहिले सेनाप्रहरी गरी ५० हजार थिए अहिले २ लाख छन् ।
७. पहिले निजामति कर्मचारी १ लाख थिए । अहिले ८० हजार छन् ।
८. पहिले करिब १५० जना न्यायाधीश थिए अहिले ४०० जति छन् ।
९. पहिले नेताहरूले गाडी तेल तलब खासै लिदैन थिए । सेवाभावले राजनीति गर्थे अहिले सबै नेता र तिनका आसेपासेलाई तलब गाडी तेल सुविधा लिनुपर्छ जागिरेभावले नेता बनेका छन् ।
१०. पहिले खासै खर्च नगरी चुनाव लड्थे जित्थे अहिले करोडौं खर्च नगरी चुनाव जितिन्न जितेपछि कैयन गुणा असुल्नुपर्छ।
११. पहिले माफियातन्त्र थिएन । अहिले अधिकॉश नेता माफिया र अण्डरवर्ल्डका मतियार छन् ।
१२. पहिले नेताहरू ट्याम्पु बस पनि चढ्थे ती अक्सर बाटामा भेटिन्थे तर अहिले ल्याण्डक्रुजर भन्दा सस्तो गाडी चढ्दा हिनभावना पाल्छन् ।
१३. पहिले ईमानलाई सूत्र बनाईन्थ्यो अहिले लुटलाई धर्मकर्म मानिन्छ ।
१४. पहिले कानुन न्याय पुण्य समाजमा ईज्जतलाई महत्व दिईन्थ्यो अहिले सर्बभक्षी हुनमा लाज घीन पाप मान्दैनन् ।

तसर्थ, संघीयताका कारणले हैन, मगज मक्किएर कुहिएर यो व्यवस्था महंगो हुदैछ । त्यसो त नेपालीहरूको स्वभावमा जे राजनीतिक व्यवस्था हातमा पर्यो त्यसलाई मिल्काउने राजनीतिक(मानसिक रोग छ । हातमा भएको चरीको मतलब हुदैन आकाशमा उडेको गन्दै आत्मरति गर्छन् ।

स्खलित नैतिक, आध्यात्मिक , मानसिक , धार्मिक, सांस्कृति, संस्कार, शिक्षा, संगति, संगठन, जीवनशैली, सोच, सहकार्य, समानता, सेवाभावका कारणबाट नेपालीहरूको जीवन महंगो मात्र हैन दुरूह र भ्रष्ट बन्दै गएको छ ।

हालमा जीवनचर्या महंगो हुनाको मूल कारण संघीयता हैन, होलसेल सबै क्षेत्र, समाज र वर्गमा व्याप्त विश्व्यापी भ्रष्टचार नै हो । यसका निम्ति अरू सबै कुरालाई दोष दिनु फट्याई र बहानाबाजी मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.