डिसहोमले रिजार्च गर्दा जडाउन उपकरण सित्तैमा दिने

  २०७५ भदौ ४ गते १४:५०     विकासन्युज

काठमाडौं । डिसहोमले “डिस होम फ्रि अफर” नामक नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् ।

यो योजना गत भदौ १ गते शुरु भई सिमित अवधिको लागी लागु हुनेछ । नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेशनको निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको कम्पनीले जनाएको छ ।

डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने देखिएको छ । सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ ।

२००९ मा स्थापित डिसहोम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय पे टिभी सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण डिसहोमको सेवा लाखौँ घरहरुमा जडान भइसकेको छ । डिसहोम केहि समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणहरुका लागि सेयर जारी गर्ने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.