प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्यो, निक्षेप एक खर्बभन्दा बढी

  २०७५ भदौ ३ गते २१:२७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले “ख” वर्गको वित्तीय संस्था ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गरेको छ । आइतबार(आज) आयोजित एक कार्यक्रममा दुई संस्थाबीच ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीले हस्ताक्षर गरेका छन् ।
प्राइम बैंकले कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको हो ।

ग्रामीण क्षेत्रमा थुप्रै शाखा संजालहरु रहेको यस ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ११६ हुनेछ । साथै, असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप एक खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुने बैंकले जनाएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.