आइएमई लाइफ इन्स्योरेन्स दोस्रो वर्षमा प्रवेश, साढे ५३ करोड बीमा शुल्क संकलन गर्न सफल

  २०७५ भदौ ३ गते १८:१२     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको एक वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सब मनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताएका छन् । चालु आ.व.२०७५/७६ मा समेत उल्लेख्य शाखा विस्तार गर्नेे र जीबन बीमा व्यवसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने उनले जानकारी दिए ।

त्यसैगरि कम्पनीले आगामी दिनमा सबैको लागि पहुँच हुने, लाभदायक तथा नवतिम् थप बीमा योजनाहरु ल्याइने जनाएको छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरु पुरा गरि सर्वसाधारणका लागि सेयर जारी गरिने समेत बताएको छ ।

ब्यवसाय सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले विभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७५/७६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना बनाएको छ । कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा ५३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.