स्वरोजगार लघुवित्तले २१ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी २९ करोड नाघ्ने

  २०७५ भदौ ३ गते १३:१७     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव हालै सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी २४ करोड ४९ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात लघुवित्तको पुँजी २९ करोड ३९ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता ७८० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.