एशियन लाईफले ल्यायो जीवन संजीवनी योजना, ५० हजारमै बीमा गर्न सकिने

  २०७५ भदौ ३ गते १२:५०     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बीमा योजना “जीवन संजीवनी” (अग्रिम भुक्तानी सावधिक र आजीवन) सार्वजनिक गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष दिपकुमार श्रेष्ठले शनिबार आयोजित एक कार्यक्रमका अवसरमा नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् ।

न्यूनत्तम ५० हजारको बीमाङ्कमै शुरु गर्न सकिने यस योजनामा बीमितले बीमा अवधीभर पटक-पटक किस्तामा भुक्तानी पाउनेछन् । त्यस्तै, बीमित ९९ वर्ष पुरा हुन्जेल जीवितै रहेमा थप बीमाङ्क रकम भुक्तानी पाउने कम्पनीले जनाएको छ ।

यस अन्तर्गत बीमितले बीमाको अवधीका आधारमा बीमा शुरु भएको ३ वर्षदेखि नै किस्तामा बीमाङ्कको रकम भुक्तानी पाउनेछन् । साथै, उनीहरुले रकम भुक्तानी पाउन बीमा समाप्ती अवधीसम्म कुर्नु नपेर्ने इन्स्योरेन्सले बताएको छ ।

यदि बीमा अवधीभित्रै बीमितको मृत्यु भएमा परिवारजनले बाँकी बीमाशुल्क नतिरी नै बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी पाउने छन् ।

यस कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यसअघि नै १८ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.