एनआईसी एशिया बैंकका ग्राहकलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा १० प्रतिशत छुट

  २०७५ भदौ ३ गते ११:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच भएको सम्झौता पश्चात बैंकका ग्राहकले नर्भिक हस्पिटलमा सो मात्राको छुट पाउने भएका हुन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.