महाकाली चिनी मिलको क्षमता विस्तार, २२ हजार टन ऊखु क्रसिङ गर्ने

  २०७५ भदौ २ गते १४:५६     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका– १० शिवनगरमा रहेको महाकाली चिनी मिलले क्षमता विस्तार गरेको छ । ८ हजार मेट्रिक टन दैनिक उखु क्रसिङ गर्दै आएको मिलको क्षमता विस्तार गरी दैनिक २२ हजार मेट्रिक टन उखु क्रसिङ गर्ने बनाइएको छ ।

क्षमता विस्तारका लागि आधुनिक उपकरण जडान गरिएको मिलका एससिएम म्यानेजर सिडी पाण्डेले बताउनुभयो । “मिललाई आवश्यक पर्ने उखुको अझै अभाव रहेको छ ” उनले भने। उनका अनुसार हाल दैनिक १० लाख मेट्रिक टन उखु मात्रै मिललाई उपलब्ध हुदै आएको छ ।

उखुको उत्पादन बढाउन किसानलाई आधुनिक तरिकाले उखुखेती गर्ने तरिकाबारे जानकारी दिने, उन्नत बीउ उपलब्ध गराउने र आधुनिक उपकरणको प्रयोगबारे जानकारी दिने कार्यसमेत भइरहेको उनले बताए । मिलले गरेको सर्भेक्षण अनुसार कञ्चनपुरमा ११ बिघा खेतमा उखुखेती हुने गरेको छ । मिलले जनरल उखुको मूल्य ४५० र अर्लिजातको उखुको मूल्य ४७० रुपैयाँ निर्धारण गरेको छ ।

किसानलाई भुक्तानी दिँदा खातमा सोझै पैसा पठाउने व्यवस्था मिलले गरेको छ । मिलमा उखु बिक्री गरेका सबै किसानको भुक्तानी भइसकेको मिल सञ्चालकको दाबी छ । मिलमा उत्पादित चिनी चितवन, बुटवल, नेपालगञ्ज र पहाडी जिल्लामा बिक्री हुने गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.