२ नम्बर प्रदेश संसदमा ओलीको सम्बोधन-बालुवा चाल्दा सुन भेटिन्छ, विकासको चिन्ता नगर्नुस

  २०७५ भदौ २ गते १३:२८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २ नम्बर प्रदेशमा आफ्नो धेरै बिरोध हुने भएकाले सो प्रदेशको विकास नै द्रुतगतिमा हुने बताएका छन् ।
प्रदेश नम्बर २ को संसदलाई सम्बोधन गर्दै ओलीले २ नम्बर प्रदेश आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका हुन् ।

उनले त्यहाँ कृषि र उद्योगको सम्भावनालाई अधिकतम उपयोग गरेर विकासको मुल फुटाउने बताए । अथाह सम्भावना रहेको प्रदेश अविकासको भूमरीमा रहन नसक्ने पनि स्पष्ट पारे । दाइजो, बोक्सी लगायतका कुरितीलाई चिरेर अघि बढ्नुपर्ने चुनौती समेत रहेको धारणा राखेका थिए ।

ओलीले खोलामा बालुवा चालेर सुन झिक्न सकिने बताउँदै युरेनियमको उत्खनन पनि प्राथमिकतामा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.